पत्रकार सुरक्षाको माग गर्दै प्रशासनमा ज्ञापन
EFN
बैतडी, श्रावण ९ - पत्रकार सुरक्षाको माग गर्दै नेपाल पत्रकार महासंघ बैतडीले आइतबार बिरोध जुलुस प्रदर्शन गर्दै स्थानिय प्रशासनमा ज्ञापन पत्र बुझाएको छ ।
गत साउन ६ गते गोली प्रहार गरी हत्या गरिएका दाङका सञ्चार उद्यमी तथा सामुदायिक रेडियो तुल्सीपुर एफएमका सञ्चालक देवीप्रसाद धितालका हत्यारालाई कारवाही गर्न माग गर्दै ज्ञापन पत्र दिइएको हो ।
पछिल्लो समयमा संचारकर्मीहरुलाई बिभिन्न समुहबाट समाचार लेखेकै कारण भौतिक कारवाहीको धम्कि आउन थालेपछि महासंघले पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षाको माग गर्दै स्थानिय प्रशासनमा ज्ञापन पत्र दिएको छ । महासंघ बैतडीका कार्यवाहक अध्यक्ष नरेन्द्र भट्टले प्रमुख जिल्ला अधिकारी मार्फत पत्रकार सुरक्षाका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिएका हुन ।
महासंघ कार्यालयबाट निस्केको बिरोध जुलुसले गोठलापानी हुदै प्रशासन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको थियो । प्रशासन कार्यालयमा पत्रकारहरुले दण्डहिनताको अन्त्य, पत्रकारका हत्यारा माथि कारवाही, पेशागत सुरक्षाको सुनिश्चितता लगायतका माग राखेका थिए ।
गाविस सचिवद्वारा सामुहिक राजिनामा
EFN
उदयपुर, श्रावण ९ - भूमिगत समूहले राजिनामा दिन पत्रमार्फत धम्की दिएपछि उदयपुरका गाविस सचिवहरुले आइतबार स्थानिय विकास अधिकारीसमक्ष सामूहिक राजिनामा दिएका छन् ।
जिल्लाका ४४ गाविसमा कार्यरत ३९ गाविस सचिवले संयुक्त जातीय मुक्ति मोर्चाको धम्की पत्र पाएपछि मानसिक त्रास र असुरक्षित महशुस भएको भन्दै सामूहिक राजिनामा दिएका हुन् । मोर्चाले जेठ २४ गते पत्र लेखेर सचिवलाई तुरुन्त राजिनामा दिन धम्की दिएको थियो ।
मोर्चाको धम्कीपछि सचिवहरुले निमित्त स्थानीय विकास अधिकार युवराज पोखरेललाई सामुहिक राजिनामा दिएका छन् । मोर्चाले धम्की दिदै चन्दा माग गर्दै आएको केन्द्रका सह सचिव तथा नामेटार गाविसका सचिव सिताराम कार्कीले वताए ।
.
पूर्वराजदरबारको दरबन्दीमा नौ कर्णेलको बढुवा / सन्तोष पन्तको बढुवा विवादमा
काठमाडौं, अषाढ ३ - पूर्वराजदरबारबाट नेपाली सेनामा समायोजित नौ महासेनानी पदमा सरकारले नौजना प्रमुख सेनानीलाई बढुवा गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले सहायकरथी पवनबहादुर पाँडेलाई उपरथीमा बढुवा गर्ने निर्णयसमेत छ ।
रक्षा मन्त्रालयका अनुसार सैनिक समाचार (गुप्तचर) निर्देशनालयका सहायकरथी पाँडेलाई बढुवासँगै हेटौंडाको भीमफेदीस्थित मध्यपृतनापतिमा सरुवा गरिएको छ । मध्यपृतनापति नेत्रबहादुर थापा मुख्यालयस्थित निरीक्षणाधिकृत कार्यालयमा सरुवा भएका छन् । यसअघिका निरीक्षणाधिकृत प्रदीपजंग थापालाई शिवपुरीस्थित कमान्ड तथा स्टाफ कलेजमा उपरथी पद सिर्जना गरी सरुवा गरिएपछि उक्त पद रिक्त थियो ।
मन्त्रिपरिषद्ले दुई साताअघि मात्रै पूर्वराजदरबारको नौ महासेनानी पदलाई सेनामा समायोजन गरेको थियो । समायोजित महासेनानीमा बढुवा पाउनेमा प्रमुख सेनानीहरू सूर्यप्रसाद खनाल, सुरेन्द्रबहादुर सिजापती, सुदर्शनविक्रम राणा, शैलेन्द्रशमशेर थापा, बालकृष्ण कार्की, सञ्जयसिंह भण्डारी, पदमकुमार आङ्बो, जितबहादुर गुरुङ र सरोजप्रताप राणा छन् ।
यसैगरी मन्त्रिपरिषद् बैठकले महासेनानी धर्मबहादुर बानियाँलाई स्टाफ कलेज शिवपुरी र समीर शाहीलाई बलाधिकृत विभागमा सरुवा गरेको छ ।
कलाकार पन्तको बढुवा विवादमा
जंगीअड्डाले सेनाको सुवेदार पदमा कार्यरत कलाकार सन्तोष पन्तलाई एकैपटक तीन तह बढुवाका लागि गरेको सिफारिस विवादमा परेको छ ।जंगीअड्डाले पन्तलाई तीन तहमाथि उपसेनानी (लेफि्टनेन्ट) मा बढुवाका लागि प्रस्ताव गरेको थियो । सेनामा सुवेदारमाथि, प्रमुख सुवेदार र सहसेनानी (सेकेन्ड लेफि्टनेन्ट) पछि मात्रै उपसेनानी हुन्छ । प्राविधिकतर्फ प्रमुख सुवेदार र सहसेनानीको पद नै नहुने भएकाले उनलाई एकैपटक उपसेनानीमा बढुवाको प्रस्ताव गरिएको जंगीअड्डा स्रोतले बतायो ।
मन्त्रालयका कर्मचारीले भने कानुनी रूपमा एकैपटक तीन बढुवा दिन नसकिने जनाउँदै फाइल अगाडि बढाएका थिएनन् । त्यसपछि सीधै रक्षामन्त्री विद्या भण्डारीकामा फाइल पठाइएको थियो । रक्षामन्त्रीले बुधबार नै रक्षासचिव नवीन घिमिरेमार्फत एकैपटक तीन तह बढुवाका गर्नुको कानुनी आधार के हो भनी सेनाको कानुन विभागका प्रमुख उपरथी बिएकुमार शर्मासँग जवाफ मागेकी छन् ।
जंगीअड्डाले यसअघि पनि खेलाडी, कलाकारलगायत दर्जनौं सैनिक व्यक्तिलाई यसरी बढुवा गरिसकिएको उदाहरणसहित जवाफ पठाउने तयारी गरेको स्रोतले बतायो । जंगीअड्डाले कलाकारितामार्फत राष्ट्रमा योगदान पुर्याएको भन्दै पन्तको सिफारिस गरेको हो । उनले साउनमा अवकाश पाउने भएकाले त्यसअघि नै अधिकृत भए सैनिक विद्यालय, अस्पताललगायतमा बढी सुविधा पाउनेछन् ।
पर्यटन वर्षलाई लक्षित गरी होम स्टे व्यवस्थापन संचालन
नेपाल पर्यटन बोर्ड पोखराले पर्यटन बर्ष सन २०११ लाई लक्षित गरी होम स्टेु व्यवस्थापन तालिम संचालन गर्दै आएको छ । पश्चिमाञ्चल क्षेत्रका गण्डकी र धौलागिरीका विभिन्न जिल्लामा रहेका पर्यटकीय गन्तव्यको सम्भावना भएका तथा 'होम स्टे' कार्यक्रम सुरु भईसकेका गाउँहरुका बासिन्दालाई तालिम दिन थालिएको हो ।
गत चैतदेखि अहिलेसम्म गोर्खाको बारपाख गाउँ लमजुङको घले गाउँ स्याङजाको खिलाङ्ग र तिप्ले तथा आसपासका पर्यटकीय गन्तव्यको सम्भावना भएका गाउँका बासिन्दालाई उक्त तालिम दिईसकिएको पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख बैकुण्ठ आचार्यले जानकारी दिए ।
'नेपाली जिवन शैली भेषभुषा विभिन्न जातजातीका साँस्कृति र प्राकृतिक सौन्र्दय नै नेपाली पर्यटनको मौलिकता हो,' आचार्यले भने, 'यो मौलिकता हेर्न गाउँमा मात्र सम्भव भएकोले होम स्टेलाई बढवा दिन तालिम संचालन गरेको हौ ।'
आचार्यका अनुसार गत बर्ष स्याङजाको सिरुबारी तथा आसपासका बासिन्दालाई मात्र तालिम दिएकोमा पर्यटन बर्षलाई लक्षित गरी चार ठाउँमा तालिम दिईसकिएको छ भने अझै दुई ठाउँमा तालिम दिने योजना पर्यटन बोर्डले बनाएको छ । होम स्टेु व्यवस्थापन तालिममा पर्यटकलाई कसरी स्वागत\सत्कार गर्ने खाजाका विभिन्न परिकार बनाउन घरको सरसफाई लगायतका विषयमा तालिम दिने गरिएको आचार्यले बताए ।
'तालिममा महिलालाई प्राथमकिता दिने गरिएको छ,' आचार्यले भने, 'पर्यटनको माध्यमबाट महिला जनजाती र सिमान्तकृत बर्गको आर्थिक स्तर उकास्ने नीति पर्यटन बोर्डले लिएको छ । प्राय गाँउका महिला घर छाडेर रोजगारीको लागि अन्य ठाउँमा नजाने हुनाले स्थायीत्वको लागि पनि महिलालाई तालिममा प्राथमिकता दिईएको हो ।'
गोर्खा लमजुङ र स्याङजामा विभिन्न गाउँका बासिन्दालाई दिएको तालिममा १ सय २६ जना महिला र ३८ जना जना पुरुषको सहभागिता रहेको पर्यटन बोर्ड पोखराका अधिकृत श्रद्धा श्रेष्ठले जानकारी दिईन । श्रेष्ठका अनुसार तालिममा होम स्टेु को सम्भावना भएका घरका प्रतिनिधहरुलाई सहभागि गराईएको थियो । पर्यटकीय सम्भावना बोकेका गाँउकाबासिन्दाले प्रस्ताव सहित 'होम स्टे' तालिमको लागि पर्यटन बोर्डमा अनुरोध गरेमा सोही ठाउँमा नै पुगेर कार्यालयले तालिम दिने गरेको छ । आचार्यका अनुसार आगामी असार १० देखि १३ गतेसम्म पोखरामा र १४ गतेदेखि १५ गतेसम्म पर्वतमा पर्यटन सचेतना सम्बन्धि तालिम संचालन गरिने आचार्यले जानकारी दिए । पर्यटन बर्षंमा पश्चिमाञ्चल क्षेत्रमा करिव ५ लाख पर्यटन भित्र्याउने लक्ष्य राखिएको छ ।
एसएलसी परीक्षाफल असार तेश्रो साता
काठमाडौं, अषाढ ३ - यस बर्षको एसएलसी परीक्षाको परीक्षाफल असार तेश्रो साता प्रकाशित हुने भएको छ ।
परीक्षाफल असार तेश्रो साता अघिनै प्रकाशनका लागि अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रक चित्रप्रसाद देवकोटाले जानकारी दिए । अहिले उत्तरपुस्तिकाबाट प्राप्ताङ्क कम्प्युटरमा दर्ता गर्ने काम आधाभन्दा बढी सकिएको उनले बताए ।
गत बर्षको चैतमा सम्पन्न एसएलसी परीक्षामा नियमिततर्फ ४ लाख १२ हजार ५ सय ९२ र आशिंकतर्फ ४४ हजार १ सय २७ जना गरी कुल ४ लाख ५६ हजार ७ सय १९ परीक्षार्थीले परीक्षा दिएका थिए ।
काँग्रेसको महाधिवेशनको लागि कोइरालाको संयोजकत्वमा तयारी समिति
नेपाली काग्रेसले आगामी भदौंमा हुने बार्हौं महाधिवेशनका लागि कार्यवहाक सभापति शुसिल कोईरालाको संयोजकत्वमा मुल समारोह समिति गठन गरेको छ। काग्रेस केन्द्रीय समितिको आज पार्टी मुख्य कार्यालय सानेपामा बसेको बैठकले महाधिवेशनका लागि समिति गठन गरेको हो।
समितिमा पार्टी केन्द्रिय सदस्य, आमन्त्रित सदस्य, मन्त्री, सभासद तथा भातृ संगठनका प्रमुखहरु सदस्यहरुको रुपमा रहने बैठकपछि काग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो।
महाधिवेशन काठमाडौंमा हुने भएकाले बैठकले काठमाडौं जिल्ला सभापतिको संयोजकत्वमा व्यवस्थापन समिति पनि गठन गरिएको छ। समितिमा काठमाडौंमा उपत्यकाभित्रका जिल्ला सभापति, भातृ तथा सुबेच्छुक संस्थाका संयोजकहरु सदस्यको रुपमा रहेनछन्। बार्हौं महाधिवेशन आगामी भदौको दोस्रो साता हुँदैछ।।
काङ्ग्रेसको चासो संविधान हो सरकार होइन- केसी
नेपाली काँग्रेसका प्रवक्ता अर्जुननरिसंह केसीले काँग्रेसको एजेन्डा शान्तिप्रकि्रया र संविधान निर्माण हो सरकार होइन भन्नुभएको छ ।
नेपाल ट्रेड युनियन काँग्रेस स्वतन्त्र महिला समितिद्वारा आयोजित 'जेन्डर अडिटु विषयक अभिमुखीकरण तालिमको आज यहाँ उद्घाटन गर्दै प्रवक्ता केसीले एकीकृत नेकपा माओवादीको भित्री मनसाय जसरी पनि सत्ताकब्जा गर्ने भएकाले लोकतन्त्रमाथि अझै चुनौती छ भन्दै कार्यकर्ता सजग हुनुपर्ने धारणा राख्नुभयो ।
महिला
सशक्तीकरण लैङ्गिक समानता र सबै क्षेत्रमा महिलाको समान पहुँच र प्रतिनिधित्व गराउने उद्देश्यले आयोजित सो दुईदिने तालिममा वाग्मती अञ्चलका ट्रेड युनियन काँग्रेससम्बद्ध श्रमिक महिला र पुरुषको सहभागिता छ ।
कार्यक्रममा ट्रेड युनियन काँग्रेसका कार्यवाहक अध्यक्ष रामजी कुँवरले काँग्रेसको महाधिवेशनमा ट्रेड युनियनलाई मतदान गर्ने अधिकार भए पनि उम्मेदवार हुने अधिकार नदिइएकोप्रति गुनासो व्यक्त गर्नुभयो ।
ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष रीता खनालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अर्का उपाध्यक्ष प्रेमिसंह बोहरा सदस्य केशमाया जोशी आशा बिष्ट भगवती फुयाँललगायतले पार्टी र ट्रेड युनियनमा महिला सहभागिता बढाउनुपर्ने पार्टीभित्र श्रमिकको समावेशीकरण हुनुपर्ने माग गर्नुभयो ।
प्रहरीद्वारा मजदुरमाथि निर्मम कुटपिट
वडा प्रहरी कार्यालय बैदामका प्रहरीले जिल्ला अदालत कास्कीको भवन निर्माणमा काम गर्दै आएका मजदुरलाई दुईदिनसम्म निर्मम कुटपिट गरेका छन् । वडा प्रहरी कायायल नजिकै रहेको अदालतको निर्माण स्थलमा सादा पोशाकमा आएका दुई जना प्रहरीले लगेर आफुहरुलाई कुटेको मजदुरहरुले आरोप लगाएका छन् ।मजदुरहरुका अनुसार दिउँसो काम सकेर साँझ खाना खान जाने बेलामा प्रहरीले लगेर कुटेका थिए ।
प्रहरीले सल्यानको कजेरी गाविसबाट गत चैतमा निर्माणको काम गर्न पोखरा आएका सन्देश केसी लक्ष्मण भण्डारी वीरेन्द्र बुढाथोकी छविलाल सुनार किसन सुनार र बुद्धि सुनारलाई कुटेको उनीहरुको भनाई छ ।
प्रहरीले कठालोमा समातेर बेलुका ८ बजेतिर प्रहरी कार्यालयमा लगेर छ जनालाई लाईन लगाएर पाईप र बुटले रातभरी कुटेको कुटिने मजदुर मध्येका सन्देश केसीले संचारकर्मीलाई बताउनु भयो । पीडितका अनुसार उनीहरुलाई प्रहरीले जेठ २९ र ३० गते दुईदिनसम्म कुटेको थियो ।
केसीले आफ्नो कुनै पनि गल्ती नहुँदा प्रहरीबाट कुटाई खानुपरेको गुनासो गर्दै भोलीपल्ट पनि प्रहरीले सुताएरै कुटेको बताउनु भयो । रक्सी खाएर होहल्ला गरेको आरोप लगाउँदै प्रहरीले मजदुरलाई कुटेको गुनासो उनीहरुको छ । तर वडा प्रहरी कार्यालय वैदामका ईन्चार्ज प्रहरी निरीक्षक बेलबहादुर पाण्डेले भने उनीहरुले रक्सी खाएर आफ्नै साथीलाई कुटेको र प्रहरीले बचाउने क्रममा एक रात कार्यालयमा राखिएको जानकारी दिनुभयो ।
मजदुरले भने प्रहरीले विना कारण आफुहरुलाई निर्घात कुटेको र कारण सोध्या उल्टै हप्काउने गरेको पीडतले बताएका छन् । जेठ ३० गते छुटेपछि उनीहरु न्यायको लागि पहल गरिदिन पोखराकै एक स्थानीय साचार माध्यममा गएका थिए । उक्त साचार माध्यमले समाचार प्रकाशित गरेपछि प्रहरीले फेरी बोलाएर हातखुट्टा भाँच्ने र मारेर बोरामा हालेर फालिदिने धम्की दिएको उनीहरुको गुनासो छ ।
प्रहरीको कुटाई खाएका अर्का मजदुर लक्ष्मण भण्डारीले आफुहरुले कुनै गल्ती नगर्दा समेत झगडाको मुद्दा लेखिएको कागज छातीमा समाउन लगाएर फोटो खिचेको गुनासो गर्नु भयो । पीडितहरुले दोषीलाई कारवाही हुनुपर्ने उपचार खर्च पाउनुपर्ने र क्षतिपुर्ति पाउनुपर्ने माग राखेका छन् । उनीहरुमाथि भएको कुटपिटको मजदुर संगठनले भत्र्तना गरेका छन् ।
माइक्रोसफ्टको नयाँ सफ्टवेर बजारमा
व्यापारिक संस्था माइक्रोसफ्ट मार्केट डेभलपमेन्ट पार्टनरले 'अफिस २०१०' नामक सफ्टवेरुको नयाँ संस्करण बजारमा ल्याएको छ ।
उक्त सफ्टवेरको 'डेटा' संस्करणको छ महिना परीक्षण गरी नयाँ संस्करण बजारमा ल्याइएको हो ।
नयाँ संस्करणमा को-अथरिङ कन्भस्रेसन भ्यू ब्रोडकास्ट स्लाइड सो भिडियो एडिटिङ फर्मेटिङ ब्याकसेटज भ्यू लिङ्क नोट्सजस्ता नयाँ विशेषता समावेश गरिएका छन् भने माइक्रोसफ्ट सेयर पोइन्ट माइक्रोसफ्ट अफिस वेब एप्स माइक्रोसफ्ट अफिस मोबाइल २०१० माइक्रोसफ्ट अफिस वननोट्स र द रिबनलाई सुधार गरिएको छ ।
को-अथरिङमा एउटै नोटबुकलाई बहुसङ्ख्यकले अद्यावधिक र बाँडफाँड गर्न सक्छन् भने कन्भसे्रसन भ्यूले आफ्नो इमेलमा नियन्त्रण गर्न सहयोग गर्दछ ।